Home : : काेरिया जाने ईपीएस परीक्षाका लागि ३२ केन्द्र (नामावलीसहित)


ईपीएसमार्फत सन् २०२० मा दक्षिण कोरिया जानका लागि परीक्षा मिति र केन्द्र तोकिएको छ। त्यसका लागि तीन जिल्लामा ३२ केन्द्र तय गरिएका छन्।

आगामी जेठ २५ र २६ गते कोरिया भाषा परीक्षा हुँदैछ। त्यसका लागि काठमाडौंमा २१, ललितपुरमा सात र कास्कीमा चार परीक्षा केन्द्र तोकिएका हुन्।

गत वर्षभन्दा यो वर्ष धेरै आवेदन परेकाले चारवटा केन्द्र थपिएको ईपीएस कोरिया शाखाले जनाएको छ।

शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले दिएको जानकारी अनुसार यो वर्ष ९२ हजार दुई सय ५६ जनाले कोरियाली भाषा परीक्षाका लागि आवेदन दिएका छन्।

सबैभन्दा बढी उत्पादनतर्फ ६३ हजार चार सय ८७ जनाको आवेदन परेको छ भने कृषितर्फ २८ हजार आठ सय ८६ जनाको आवेदन परेको छ।

आवेदन दिनेमध्ये ७७ हजार तीन सय ९३ पुरुष र १४ हजार नौ सय ८३ महिला रहेका छन्। यो पटक आवेदन दिनेको  संख्या गत वर्षभन्दा १० हजार एक सय १२ बढी छ।

त्यस्तै गतवर्षको परीक्षामा चिटिङ गरेका १० जनाको यस वर्षको दरखास्त फारम रद्द गरिएको ईपीएस शाखाले जनाएको छ। यस वर्षको प्रत्येक परीक्षा केन्द्रमा सिसि क्यामेराको निगरानीमा परीक्षा हुने भएको छ।

पहिलो चरणको  परीक्षामा उत्तीर्ण हुने आवेदकले दोस्रो चरणको परीक्षामा  सहभागि हुदाँ सिसि क्यामेराको डाटा परीक्षण गरिने ईपीएस शाखाका सूचना अधिकारी भण्डारीले बताए।

यि हुन परीक्षा केन्द्र

 

Japan     [ Read More]

Midtown Consultancy is a well-known and unique educational consultancy a

Australia     [ Read More]

The MIDTOWN Study Abroad Department is dedicated to provid

Canada     [ Read More]

Education in Canada is for the most part provided publicly, funded and overseen by federal

Testimonials

Our Facebook

 
Midtown consultancy
d
ep_2006kt@yahoo.com